नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई बीमा प्राधिकरणले गर्यो कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 04:13:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई दुई/दुई लाख जरिवाना गरेको छ। कम्पनीहरुले बीमा ऐनको बिपरित गई उद्यारो बीमा गरेको पाईएपछि कारबाही गरिएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए।

‘यी दुवै कम्पनीहरुले उद्यारो बीमा गरेपछि कारबाही स्वरुप २/२ लाख जरिवाना तिराएका हौँ।’ उनले भने ।

उनका अनुसार प्राधिकरणले निरिक्षण गर्दा यी दुई कम्पनीले उद्यारो बीमा गरेको पाईएको थियो। त्यसपछि जरीवाना हुन नपर्ने भए ७ दिनभित्र सबुद प्रमाणसहित सफाई पेश गर्न दुबै कम्पनीलाई म्याद दिएको थियो ।  जवाफमा कम्पनीहरुले दिएको स्पष्टिकरण सन्तोषजनक  नभएपछि कारबाही गरिएको हो।

प्राधिकरणले गत माघ १८ गतेदेखि २० गतेसम्म कम्पनीहकरुको स्थलगत निरिक्षण गर्ने क्रममा उद्यारो बीमा गरेको पाएको थियो। त्यसका साथै अन्य कैफियतहरु पनि देखिएपछि प्राधिकरणले कारवाही गर्ने निर्णय गरेको हो।

निर्णयमा ‘बीमकलाई बीमा ऐन २०७९ को दफा ६४ को उपदफा (२) बमोजिम बीमाशुल्क नलिई बीमालेख जारी गरेको, दावी भुक्तानी गर्दा बीमा नियमावली, २०४९ को नियम ३२ तथा दावी भुक्तानी मार्गदर्शन, २०७६ को दफा ७ विपरीत कार्य गरेको, मोटर बीमादर निर्देशिका, २०७३ तथा निक्षेप बीमाको बीमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुनेगरी कम बीमाशुल्क लिई बीमा गरी कानून, नियम, निर्देशन बिपरीत कार्य गरेको, प्राधिकरणले जारी गरेको निर्देशन र आदेश पालना नगरेको तथा ऐनको रीत नपुर्याई बीमा व्यवसाय गरेकोले बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) बमोजिम पहिलो पटकका लागि २ लाख (दुई लाख मात्र) जरीवाना गर्ने निर्णय भएको छ।’ उल्लेख गरेको छ।

प्राधिकरणले पटक पटक उद्यारो बीमा नगराउन निर्देशन दिँदै आएको छ। यद्यपी केही कम्पनीहरुले नियम र निर्देशनलाई बेवास्ता गर्दै उधारो बीमालेख जारी गर्ने गरेका छन्। बीमा वापतको पैसा बैंक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्नुपर्नेमा कम्पनीहरुले चेक लगायत अन्य विस्वासकै आधारमा समेत बीमा गराईएको पाईएको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved