जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आम्दानी ९३ अर्ब, २८ प्रतिशतले घट्यो नयाँ व्यवसाय (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 10:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको कुल बीमाशुल्क आम्दानी ९३ अर्ब ७५ करोड ३७ लाख ८१ हजार रहेको छ। यो गत वर्षको तुलनामा मात्रै १.६९ प्रतिशतले बढी हो। गत वर्षको फागुन महिनासम्म यस्तो व्यावसाय ९२ अर्ब १९ करोड १५ लाख रुपैयाँ बराबर थियो। 

बीमा कम्पनीको बीमा शुल्क संकलनमा सामान्य वृद्धि हुनुको कारण नविकरण अर्थात पुरानै  व्यावसायको निरन्तरता हो। कम्पनीहरुले नविकरणबाट मात्रै ७५ अर्ब २० करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो। गत वर्ष बीमालेख नविकरण गरेर ६६ अर्ब २८ करोड ८५ लाख रुपैयाँ संकलन गरेका थिए। 

यद्यपी यो बीमा नविकरण बढ्दै गर्दा बीमितहरु सहजताले नै नविकरण गरेको भन्ने नबुझ्न जानकारहरु आग्रह गर्छन्। बीमालेख नविकरण गर्ने र कर्जा लिईहाल्ने बीमितहरुको संख्या उल्लेख्य रहेको इन्स्योरेन्सकर्मीहरु बताउँछन्। एकातर्फ कर्जा सहजै पाईने र अर्काेतर्फ इन्स्योरेन्स पनि कभरेज हुने हुँदा पुराना बिमितहरु बिमालेख नविकरण गरिरहेका हुन्। अन्यथा, बीमालेख सरेण्डर गर्नेको संख्या पनि उत्तिकै छ। 

२८ प्रतिशतले घट्यो नयाँ व्यावसाय

गत आर्थिक वर्षको फागुन महिनासम्म जिवन बीमा कमपनीहरुले २५ अर्ब ९० करोड २९ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क संकलन गरेका थिए। तर, चालु आर्थिक वर्षको फागुन महिनासम्म आउँदा यस्तो रकम २८.३८ प्रतिशले हुन आउने ७ अर्ब ३५ करोड १२ लाख रुपैयाँले घटेको छ। अर्थात यो ८ महिनामा मात्रै १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबर प्रथम बीमा शुल्क संकलन गरेका छन्। यसले अर्काे वर्ष नविकरणको बीमा शुल्क आम्दानीमा समेत नकरात्मक प्रभाव पार्ने देखिन्छ। 

हेर्नुस् कसको कति ?




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved