नेपाल लाइफका अभिकर्तालाई बुटवलमा प्रशिक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 12:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुटवलको सिदार्थ कटेजमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको कार्यक्रममा  करिव ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।

कार्यक्रममा  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा पाल्नुभएका बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरे । अभिकर्ताहरुको क्षमताको विकाश कम्पनीको केन्द््रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षकल्याई कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोग सँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका खेल्नेमा आफु विस्वस्त रहेको उनले बताए । 

कार्यक्रममा उपस्थित अभिकर्तालाई धन्यबाद ज्ञापन गर्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने बताए।  अभिकर्ताहरुको घर दैलोमा तालिम प्रदान गर्न पाउँदा आफु खुसि भएको बताए । 

कम्पनीका अनुसार उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved