जेठ १ गतेदेखि घट्ने भयो ब्रोकर कमिशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 12:56:10 PM मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले आगामी जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने निर्णय गरेको  छ। धितोपत्र बोर्डको आइतबार बसेको संचालक समितिको बैठकले २०८१ जेठ १ गतेदेखि साविकको ब्रोकर कमिशनमा १० प्रतिशत घटाएर नयाँ ब्रोकर कमिशन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।

यस अघि अर्थ मन्त्रालयले हाल कायम रहेको ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेको थियो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।

धितोपत्र बोर्डको २०८० कार्तिक १ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा  १० प्रतिशत घटाउने निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। रमेश हमाल धितोपत्र बोर्डको अध्यक्ष हुँदै उनले कमिशन घटाउने निर्णय गरेर मन्त्रालयमा स्वीकृतिको लागि पठाउने निर्णय गरेका थिए। लामो समयपछि अर्थ मन्त्रालयले घटेको ब्रोकर कमिशन कार्यान्वयनको लागि बाटो खोलिदिएको थियो। सोहि अनुसार धितोपत्र बोर्डले जेठ १ गतेदेखि नयाँ ब्रोकर कमिशन लागु गर्ने निर्णय गरेको हो । 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved