अन्तराष्ट्रिय बीमा प्रशिक्षकद्वारा नेपाल लाइफका अभिकर्ता प्रशिक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 10:13:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षक विजय कुमार झाद्वारा प्रशिक्षित सो  कार्यक्रममा करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरु सहभागि थिए

गरी नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेलले  पानसमा बत्ति बालेर सुरु भएको कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरु सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरु सहभागी थिए ।

भर्चुअल्ली रूपमा कार्यक्रममा सबभागिता जनाएका  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले माघ महिनाको स्कीमबाट छनौट भएर कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । उनले अभिकर्ताहरुको क्षमताको विकाश कम्पनीको केन्द्रबिन्दुमा रहेको र यसैलाई मूर्त रुप प्रदान गर्न अन्तराष्ट्रिय ख्याती प्राप्त प्रशिक्षक ल्याकार्यक्रम गरेको बताए । यस्ता कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरुलाई थप निखार्न महत्वपुर्ण भूमिका हुने बताए ।

सहभागीलाई धन्यबाद ज्ञापन गर्दै नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धिका लागि नियमित यस्ता कार्यक्रम गरिने बताए । 

  कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भर्खरै सार्वजनिक गरेको “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” संग सम्बन्धित सावधिक योजना र पेन्सन योजना भएको यो बीमा योजना एकदमै आकर्षक हुनुका साथसाथै नेपाली माटो सुहाउँदो बताए । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved