स्याङ्जामा गार्डियन लघु बीमा कम्पनीको नयाँ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 04:02:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन लघु जीवन बीमा कम्पनीले स्याङ्जाको पुतलीबजारमा आफ्नो नयाँ शाखा उद्घाटन  गरेको छ। कम्पनीले तेस्रो शाखाको रूपमा पुतलीबजार शाखा संचालनमा ल्याएको हो। 

पुतलीबजार शाखाको उद्घाटन गर्दै  पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले बीमा कम्पनीले  स्थापनाको उद्देश्य अनुरूप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने  विश्वास व्यक्त गरे। नगर प्रमुख रेग्मीले कम्पनीको लक्ष्य हासिल गर्नको लागि पालिकाले पनि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। लक्षित वर्ग लाभान्वित हुने तरिकाले काम गरेमा पालिकाले सक्दो सहयोग गर्ने उनले बताए।

नगर उपप्रमुख देवी अर्यालले लघु बीमा नयाँ अवधारणा भएकाले सरोकारवाला सबैले  व्यापक प्रचारप्रसार गरी लक्षित समुदाय सम्म पुर्‍याउन  आवश्यक रहेको बताइन्। महिला तथा श्रमिक वर्गलाई प्राथमिकतामा राखेर काम गर्न उनले सुझाव दिएकी थिइन् । निम्न तथा मध्यम वर्गीय समुदाय लाभान्वित हुने गरि काम गरे पुतलीबजार नगरपालिकाले  पनि आवश्यक सहयोग गर्ने उनको भनाई थियो।

कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती,गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग , श्रमिक वर्ग बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको बताए। ग्रामीण बस्तीमा बीमा प्रतिको चेतना अभिवृद्धि गर्न कम्पनीले विशेष प्राथमिकता दिएको बताउँदै देवकोटाले पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने बताए। वार्षिक  १३१ रूपैयाँमा  १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै  देवकोटाले गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पारेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए।  डिजिटल प्रविधिको गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताउँदै भण्डारीले  कम्पनीमा दाबी फर्छ्योट एवं भुक्तानी प्रक्रिया एकदमै सजिलो र  झन्झटरहित रहेको दाबी गरेका थिए।  

उद्घाटन कार्यक्रममा स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ,स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष  श्री बहादुर गुरूङ्ग, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष संघ ताम्राकार , पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा लगायतले कम्पनीलाई सफलताको शुभकामना दिएका थिए।कार्यक्रममा पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि , स्थानीय उद्योगी व्यवसायीहरूको , सहकारीकर्मी र स्थानीयहरूको सहभागिता रहेको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved