सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 08:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २० गते  बिर्तामोड र इटहरी छेत्रको संयुक्त रुपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। ३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीले आ। व २०७९÷८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तिनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान गरेको छ।

उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सि ई ओ निराजन कंडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा छेत्रिय प्रबन्धक जितेन्द्र छेत्री लगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।   

कम्पनीका डेपुटी सि ई ओ निराजन कंडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए।  साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया  र तालिम प्रदान गरेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार अभिकर्ता पेशामा सफलता प्राप्त गर्नको लागि निरन्तर सिकाइ र सम्मानको आवश्यक पर्ने हुँदा कम्पनीले देशैभरी यस्तो खालको कार्यक्रमको आयोजना गरिरहेको छ भने उक्त कार्यक्रममा भाग लिएर अभिकर्ताले उच्च लाभ लिइरहेका छन्।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved