के हो बीमा सूचना केन्द्र, स्थापनापछि कसलाई के फाइदा ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Oct 11, 2023 | 10:32:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाको लागि विभिन्न सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम कर्जा सूचना केन्द्र स्थापनाको लागि विभिन्न चरणमा छलफल भइरहेको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणले बीमा क्षेत्रमा भएका जालसाजी, कीर्ते वा ठगी लगायतको सूचना सङ्कलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि सूचना केन्द्र स्थापना गर्न लागेको हो । यस केन्द्रलाई प्राधिकरणले नै नियमन गर्छ । 

नियामावली नबेनेकाले सूचना केन्द्रको संरचना, लगानी, कार्यहरु अझै स्पष्ट हुन नसकेको प्राधिकरणका उप निर्देशक निर्मल अधिकारी बताउछन् । नियामावलीमा केन्द्रको व्यवस्था स्पष्ट भएर आएपछि मात्र त्यसको संरचना, लगानी कार्यहरुकोबारे स्पष्ट हुने र प्रक्रिया अघि बढ्ने उनको भनाई छ । 

यो सूचना केन्द्र स्थापना भएपछि प्राधिकरण, कम्पनी, सर्भेयर, अभिकर्ता, बीमित आदि सबै सरोकारवाला पक्षहरुलाई फाईदा पुग्ने उनले बताए । उनका अनुसार बीमा क्षेत्रमा भएका जतिपनि सूचना हुन्छन्, ति सबै सबै सूचना केन्द्रमा अपडेट हुने हुदाँ यसको फाईदा सबैलाई हुने छ।

उनले भने 'बीमा शुल्क, बीमा कम्पनीको पूँजी, कुन कुन कम्पनीले कहाँ कहाँ लगानी गरेका छन्, प्राधिकरणले तोकेको क्षेत्रमा लगानी भएको छ कि छैन् ? कसले कहाँ के गल्ती गर्यो ? आदि सबै सूचना चाँही केन्द्रमा रेकर्ड हुन्छ ।’

केन्द्र स्थापना भएपछि जालसाँजी नियन्त्रण र सुशासन कायम गर्न सहयोग पुने विश्वास प्राधिकरणले लिएको उप निर्देशक अधिकारीले बताए । उनका अनुसार केन्द्र स्थापना भएपछि कम्पनीको मात्र नभएर बीमितको पनि गल्ती पत्ता लगाउन थप सहयोग पुग्छ । साना साना गल्ती पनि केन्द्रमा अपडेट हुने भन्दै उनले भने 'कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्यो कि गरेन ? कति समयमा गर्यो ? गरेन भने कति गरेन, किन गरेन ?  यस्ता कुरा केन्द्र स्थापना भएपछि थाहा पाउन सजिलो हुन्छ ।’ 

केन्द्र स्थापना भएपछि कसलाई के फाईदा ? 

बीमा कम्पनीहरुले गल्ती गरेको, ठगी गरेको, दाबी भुक्तानी नदिएको, समयमा दाबी भुक्तानी नगरेको लगायत सूचनाको रेकर्ड केन्द्रमा हुने र सो सूचना बीमितले केन्द्रको वेबसाइटबाट नै प्राप्त गर्न सक्ने उप निर्देशक अधिकारीको भनाई छ । जसले गर्दा कम्पनीको गलत कुराहरु पनि बीमितले सहजै जान्न सक्ने उनले बताए । अहिले कुन कम्पनीले कस्तो हो ? कुनले गलत गरेका छन् ? कुनले गलत गरेका छैनन् ? भन्ने कुरा बीमितलाई थाहाँ पाउन गाह्रो भएको बताउँदै केन्द्र स्थापना भएपछि सो कुरा सहज बन्ने उप निर्देशक अधिकारीले विश्वास व्यक्त गरेका छन्। 

यसैगरी, केन्द्र स्थापना भएपछि बीमा कम्पनीहरुलाई पनि फाईदा पुग्ने उनको भनाई छ । उनका अनुसार कम्पनीहरु गलत कार्य गर्न निरुत्साहित हुने, सुशासन कायम गर्न मद्दत पुग्ने, बीमित प्रति विश्वास बढ्ने लगायतका फाईदा कम्पनीहरुलाई हुने छ। 

त्यसैगरी, केन्द्र स्थापना भएपछि एजेन्ट, प्राधिकरणलाई पनि विभिन्न कुरामा फाईदा पुग्छ । प्राधिकरणको उदेश्य भनेको सुशासन कायम गर्नु रहेको भन्दै उप निर्देशक अधिकारीले सबैले गल्ती गर्न छाडेपछि सुशासन स्थापना हुने बताए । तसर्थ, केन्द्र बनेपछि सुशासन कायम हुने, कम्पनीहरु व्यवस्थित हुने र जालसाँजी कम हुने जस्ता कुराहरु प्राधिकरणको फाईदाको विषय रहेको उनको भनाई छ । 

यस्तै, एजेन्टहरुले पनि कुन कम्पनी कस्तो छ, के छ, कुन कम्पनीको पोलिसी के छ , लगायत कुराको सूचना लिन सक्छन् । त्यो सूचना पाएपछि उनीहरुले मार्केट विश्लेषण गर्न सक्ने उनले बताए । यसैगरि कुन कुन बीमितले के गल्ती गरे, कसले गल्ती गरेको छ भन्ने सूचना एजेन्टले सहजै पत्ता लगाउन सक्ने उप निर्देशक अधिकारीको भनाई छ । 

 बीमा ऐन, २०७९ को दफा १५५ मा बीमा सूचना केन्द्र सम्बन्धी व्यवस्था गरिएको छ। प्राधिकरणले बीमा क्षेत्रको सूचना सङ्कलन गरी एकीकृत र व्यवस्थित गर्नका लागि बीमा सूचना केन्द्र स्थापना गर्न सक्ने उल्लेख छ। ऐनमा बीमा सूचना केन्द्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। अब यस बारे नियमावलीमा थप प्रष्ट भएर आउने, त्यसपछि केन्द्र स्थापनाको प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved