पूँजी पुर्याउन नेपाल इन्स्योरेन्सले बिक्रीमा राख्यो पुनर्बिमाको सेयर, सर्वसाधारणले पनि आवेदन दिन पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 01:20:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा भएको आफ्नो सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो चुक्ता पूँजी वृद्धि गर्नका लागि १९ लाख ७९ हजार ७ सय २४ कित्ता कित्ता सेयर सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयरको बिक्री गर्न लागेको हो । पूँजी वृद्धिको प्रक्रियामा रहेको नेपाल इन्स्योरेन्सले आफ्नो पूँजी बढाउनका लागि सेयर बिक्रीमा राख्ने सुचना प्रकाशन गरेको यो दोस्रो पटक हो । कम्पनीले यसअघि असोज २ गते पुनर्बीमा कम्पनीका विद्यमान संस्थापक धनीले आवेदन दिने गरी लिलाम बढाबढद्धारा सेयर बिक्रीको लागि ल्याएको थियो । 

उक्त सेयरका लागि कात्तिक १० गतेसम्मको समयावधि दिइएको भएपनि नेपाल इन्स्योरेन्सले सर्वसाधारणले समेत आवेदन दिन मिल्ने गरी असोज २४ गते पुन अर्को सुचना निकालेको हो । 

लिलाम बढाबढद्धारा बिक्री गर्न लागिएको सेयरको न्यूनतम मुल्य प्रतिकित्ता ३५५ रुपैयाँ तोकिएको छ । कम्पनीको उक्त संस्थापक सेयर आज असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्म पुनर्बीमा कम्पनीका अन्य इच्छुक संस्थापक सेयरधनी तथा अन्य संस्था वा व्यक्तिले आवेदन दिन सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved