लिबर्टी माइको लाइफ इन्स्योरेन्सको औपचारिक शुभारम्भ, २२ करोडको आईपीओ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 06:49:12 PM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी माइको लाइफ इन्स्योरेन्स लिमिटेडको औपचारिक शुभारम्भ भएको छ। नेपाल बीमा प्राधिकरणबाट २०८० भाद्र १ गतेको लघु जीवन बीमा ब्यवसायको इजाजत पत्र तथा २०८० साल आश्विन १९ गते ब्यवसाय संचालन स्विकृति प्राप्त गरेको कम्पनीले आजबाट औपचारिक कारोबार शुभारम्भ गरेको हो।  

नेपाल बीमा प्राधीकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज औपचारिक कारोबार शुभारम्भ गरेका हुन्।  कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले लघु जीवन बीमाको बिस्तार गर्न, सबै वर्ग विशेषतः विपन्न तथा गरीब वर्गका व्यक्तिहरुलाई जीवन बीमाको दायरामा ल्याउन लघु जीवन बीमा कम्पनीको स्विकृति दिएको साथै कम्पनीले आम जनमानसमा कम्पनी दुर्गम जिल्ला तथा विपन्न वर्गहरुमा पुगि आफ्नो जीवन बीमाको सेवा पुर्याई कुनै जीवन बीमा दावी पर्दा कम्पनीले तत्कालै बीमा दावी दिई बीमाको विश्वास बढाउने कुरामा जोड दिए ।

 बीमा प्राधीकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले मोबाइल एप्लिकेशनको प्रयोग गरी कम्पनीको डिजिटल बीमालेख जारी गरी लघु जीवन बीमाको विकाशमा लघु जीवन बीमा कम्पनीहरुले राम्रो भूमिका खेल्नुपर्ने तथा घुम्ति बीमा माध्यमको प्रयोग गरी सबै वर्गमाझ बीमाको सेवा सुविधा पुर्याउनुपर्ने कुरामा जोड दिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले आफ्नो स्वागत मन्तव्य दिँदै कम्पनीको अधिकृत पूजी १ अर्ब, कम्पनीका प्रोमोटरहरुबाट रु. ५२.५० करोड तथा कम्पनीले भविष्यमा निष्काशन गर्ने आईपीओबाट मार्फत रु. २२.५० करोड गरी जम्मा रु.७५ करोड जारी पूजी रहेको जानकारी दिए ।

हाल कम्पनीले २ वटा बीमा योजना समृद्ध कवच म्यादी जीवन बीमा योजना तथा समृद्ध भविष्य सावधिक जीवन बीमा योजना ल्याएको जानकारी दिए । साथै कम्पनीले आफ्नो बीमाको पहुच बढाउन नयां अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउंमा आफ्नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप-शाखा कार्यालय खोली लघु जीवन बीमाको सेवा दिने कुरा अवगत गराए । साथै गण्डकी प्रदेशमा लघु जीवन बीमाको विकाशमा तीव्रता ल्याउन यस प्रदेश अर्न्तगत रहेको महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडाहरुसँग आवश्यक समन्वय गरी अगाडी बढ्ने उनले उल्लेख गरे ।

कम्पनीका अध्यक्ष  निकोलस पाण्डेले बीमाको पहुँच आम जनमानसमा पुऱ्याउने प्रतिबद्धता, बीमालाई नाफा कमाउने उद्देश्यमा सिमित नभई सामाजिक उद्यमशीलतामा जोड दिदैं नेपाल बीमा प्राधीकरणले निर्देश गरेको नियम कानूनको अधीनमा रहने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved