हिमालयन रिइन्स्योरेन्सकी सीइओ भन्छिन् '५० देशले पत्याईसकेको छ, राम्रो लाभांश दिन्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 06:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले कम्पनीको उदेश्य थप उचाईमा जाने रहेको बताएकी छिन् । कम्पनीको आईपीओ बाँडफाँड कार्यक्रममा सीइओ पौडेलले कम्पनीले नेपाल मात्र नभई अन्तराष्ट्रिय बजारमा पनि उपस्थिति जनाउने बताईन् । 

उनले अहिले पनि २९ देशको बजारमा कम्पनीको उपस्थिति रहेको बताउदै थप विस्तार गरिँदै लजाने बताईन् । नेपालको नाम र हिमालयन रिइन्स्योरेन्सको नाम अन्तराष्ट्रिय बजारमा पुर्याउने उनले गरिन् । सोहि अनुसार उनले अन्तराष्ट्रिय रेटिंग एजेन्सी एएम बेस्टबाट कम्पनीको रेटिङ समेत गराएको उल्लेख गरिन् । 

५० वटा देशले कम्पनीलाई पत्याईसकेको उल्लेख गर्दै उनले कम्पनीले ति देश भिजिट पनि गरिसकेको जानकारी दिइन् ।  ५० वटा देशबाट अफर आईसकेको पनि नयाँ कम्पनीलाई कतिपयले नाफा नहुने व्यवसाय दिन खोज्ने भएकोले को सँग व्यवसाय गर्ने भन्ने निर्णय महत्वपूर्ण रहेको उनले बताईन्।  

 उनले लगानीकर्तालाई पनि राम्रो लाभांश दिने बताईन् । तर उनले एकै पटक धेरै लाभांश दिने नभई दीर्घकालीन रुपमा दिगो र नाफामुलक व्यवसाय गर्ने प्रष्ट पारिन् । केहि समयको लागि मात्र लगानीकर्तालाई खुसि पार्ने भन्दा पनि दिर्घकालिन रुपमा दिगो व्यवसाय गरेर दिगो प्रतिफलमा जोड दिने उनले बताईन् । 

उनले कम्पनीको साधारणसभा सकभर सकेसम्म छिटो गर्ने प्रतिवद्दता समेत व्यक्त गरेको छिन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved