नेपाल पुनर्बीमा कम्पनीद्वारा सर्भेयर सूचीकरणको लागि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 10:37:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले बीमा सर्भेयर सूचीकरणको लागि आह्वान गरेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र आवेदन दिन भनेको हो। 

 आवश्यकता अनुसार बीमा दाबीहरूको क्षति मुल्यांकन कार्य गर्नका लागि सर्भेयरहरूको सूचीकरण गर्नुपर्ने भएको उल्लेख गर्दै कम्पनीले बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त इच्छुक व्यक्ति/फर्म/कम्पनीलाई सूचीकरण हुन आह्वान गरेको जनाएको छ । कम्पनीका अनुसार सूचीकरणका लागि कम्पनीको इमेल ठेगाना [email protected] मा आवेदन दिन पनि सकिने छ । कम्पनीको कार्यालय थापाथलीमा गैर पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार आवेदन दिनाकालागी निम्न कागजात आवश्यक पर्दछ: 

१) नेपाल बीमा प्राधिकरणबाट प्राप्त सर्भेयरको बहाल रहेको इजाजत पत्रको प्रतिलिपि ।

२) मु.अ.कर / स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

(३) कम्पनी फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि अथवा व्यक्तिको हकमा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

४) पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । (५) क्षेत्रगत विशेषज्ञता सहितको कार्य अनुभव विवरण ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved