बीमा कम्पनीको लगानीको दायरा बढ्यो, चुक्तापूँजीको १५ प्रतिशत लगानी गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 04:51:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुले कुनै कम्पनीको चुक्तापूँजीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका सम्बन्धमा जारी पाँच निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेकोे हो । 

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८०, निर्जीवन बीमकको लगानी  (पहिलो संशोधन) निर्देशन २०८०, पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८०, लघु निर्जीवन बीमकको (पहिलो संशोधन) निर्देशन २०८० र लघु जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८० मार्फत यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणले यसअघि साधारण शेयरमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्थालाई संशोधन गर्दै शेयरमा १५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको हो । 

संशोशित व्यवस्था अनुसार अब जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुन र्बीमा कम्पनी साथै लघुबीमा कम्पनीले समेत नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीमा शेयर लगानी गरिने कम्पनीको चुक्तापूँजीको १५ प्रतिशत शेयरमा लगानी गर्न पाउनेछन् । 

त्यस्तै प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने पनि व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved