बीमाको दायरासँगै शाखा संख्या पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 12:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा पहुँचको दायरा घटेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म बीमा गर्ने मानिसहरुको संख्या घटेको हो । 

 चालु आवको माघ मसान्तसम्म ४३.१४ प्रतिशत जनतामात्र बीमाको दायरामा आएका छन् । गत आर्थिक वर्षको माघ मासान्तसम्म बीमाको दायरमा आवद्ध हुने नागरिकको संख्या ४४.७० प्रतिशत थियो। 

बीमको दायरमासँगै बीमा कम्पनीहरुको कार्यलयहरु पनि घटेको छ । पछिल्लो एक वर्षमा बीमा कम्पनीको शाखाहरु ९.२५ प्रतिशतले घटेको हो । हाल बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ८९४ वटा रहेको थियो । गत आवको सोहि अवधिमा बीमकको कार्यालयहरु ३ हजार १८९ वटा थियो । 

कार्यालयसँगै बीम क्षेत्रमा काम गर्ने कर्मचारीको संख्यामा समेत गिरावट आएको छ । गत आवको माघ मसान्तसम्म बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या ११ हजार ५ सय ३४ जना रहेको थियो । हाल ०.५७ प्रतिशतले घटेर ११ हजार ४७२ जनाले बीमा कम्पनीहरुमा काम गरिरहेका छन् । जसमध्ये जीवन बीमा कम्पनी तर्फ २.२९ प्रतिशतले कर्मचारी घटेका हुन् । निर्जीवन तर्फ भने १.२५ प्रतिशतले कर्मचारी बढेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved