अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 05:50:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले मुुलकको अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृतत्वमा गएको टोलीले  आइतबार प्रधानमन्त्रीलाई भेटी उक्त टोलीले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने लगायतका सुझाव दिएको थियो ।

भेटका क्रममा चेम्बरले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्नपनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ । भेटका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दवाव अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताएका थिए ।

उनले भने, ‘अर्थतन्त्र संकटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन ।’ 

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको बताए ।  उनले मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरिरहेको पनि बताए

साथै उनले सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारी गरिरहेको पनि बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृतत्वमा गएको टोलीमा निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका अन्य पदाधिकारीको सहभागिता थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved