२३ वटा बीमा कम्पनीको शेयर भाउ घट्यो, २ वटाको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 03:32:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.६८ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै बीमा कम्पनीहरुको शेयर मूल्य पनि घटेको छ । 

सूचिकृत २६ बीमा कम्पनीमध्ये २३ वटाको शेयर मूल्यमा गिरावट आएको छ भने एक कम्पनीको कुनै कारोबार भएको छैन । यस दिन धेरै मूल्य घट्ने बीमा कम्पनीमा नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी रहेको छ । जसको शेयर मूल्य २.४८ प्रतिशतले घटेको छ । 

त्यसैगरी, लाईफ ईन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य पनि २.१९ प्रतिशतले घट्दा रिलायबल नेपालको शेयर मूल्य १.८७ प्रतिशतले शेयर मूल्य घटेको छ । लाईफ इन्स्योरेन्सतर्फ १२ वटै कम्पनीको मूल्य घटेको छ । 

यसैगरी, निर्जीवन बीमा कम्पनीतर्फ ९ वटा कम्पनीको मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ । धेरै मूल्य घट्नेमा एनएलजी ईन्स्योरेन्स रहेको छ । एनएलजीको शेयर मूल्य २.९२ प्रतिशतले घटेको छ । यस्तै, युनाईटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य २.७७ प्रतिशतले घट्दा आईजीआई प्रुडेण्सियलको शेयर मूल्य २.४२ प्रतिशतले घटेको छ । 

राष्ट्रिय बीमा कम्पनी र नेको ईन्स्योरेन्सको शेयर मूल्य भने क्रमशः १.७४ र ०.११ प्रतिशतले बढेको छ । 

यता, पुनर्बीमा कम्पनीहरु २ वटैको मूल्य घटेको छ । नेपाल पुनर्बीमाको शेयर भाउ २.१४ प्रतिशत र हिमालयन रिको शेयर मूल्य १.५६ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved