यी हुन् नेपाल माईक्रोका ठूला शेयरधनी, सबैभन्दा धेरै स्वामित्व दिपक भट्ट र सेन्ट्रम क्यापिटलको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 01:09:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल माईक्रो ईन्स्योरेन्समा १ वा सो भन्दा धेरै लगानी गर्ने लगानीकर्ताहरुको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वित्तिय विवरण अनुसार १४ ठूला लगानीकर्ता मधे ८ जना व्यक्तिगत र ६  संस्थागत लगानीकर्ता रहेका छन् । 

जसमध्ये सबैभन्दा धेरै स्वामित्व दिपक भट्ट र सेन्ट्रम क्यापिटलको रहेको छ । उनीहरुको समान २१.४३ प्रतिशत शेयर हिस्सा रहेको छ । त्यसपछि सारथी क्यापिटलको १०.७ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

यसैगरी, रहिशा शाह श्रेष्ठ, सुभम दुगड, र हुलास अटोक्राफ्टको समान ५.७१ प्रतिशत, प्रेम गुरुङ एण्ड ग्रुपको २.३८, प्रिन्टसेल ईमेजिङको २.१०, सुलोचना अग्रवाल र लिला अग्रवालको समान १.९० प्रतिशत शेयर स्वामित्व रहेको छ । 

त्यस्तै, लिओन मोटरर्सको १.६२, साक्षी बन्सल गुप्ता, आकांक्ष गुप्ता, लतिका गोल्यानको समान १.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved