पुनर्बीमा कम्पनीहरुको लगानी ३६ अर्ब नजिक, ८५ प्रतिशत मुद्दती निक्षेपमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 08:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललका दुई पुनर्बीमा कम्पनीहरुले ३५ अर्ब रुपैयाँ भन्दा बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनासम्म २ पुनर्बीमकले विभिन्न क्षेत्रमा ३५ अर्ब ७३ करोड १३ लाख रुपैयाँ लगानी गरेका हुन् । 

जसमध्ये नेपाल पुनर्बीमाले २० अर्ब ४२ करोड ५५ लाख र हिमालयन रिले १५ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ लगानी गरेका छन् । २ पुनर्बीमकले यो अवधिमा अधिकांश लगानी मुद्दती निक्षेपमा गरेका छन् । कम्पनीहरुले लगानी गरेको कुल रकम मध्ये समग्रमा ८५ प्रतिशत भन्दा बढी मुद्दती निक्षेपमा रहेको छ । 

वणिज्य बैंक र विकास बैंकको  मुद्दती निक्षेपमा उक्त कम्पनीहरुले ३० अर्ब ७३ करोड ३६ लाख रुपैयाँ लगानी गरेका छन् । मुद्दती निक्षेपमा नेपाल रिले आफ्नो कुल लगानीको ८३ प्रतिशत लगानी गरेको छ । भने हिमालयन रिले आफ्नो कुल लगानीको ८७.८८ प्रतिशत लगानी गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ ।

कुन क्षेत्रका कति लगानी ?

नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र बचतपत्रमा नेपाल पुनर्बीमाको लगानी ३० करोड रुपैयाँ रहेको छ भने हिमालयनले यस क्षेत्रमा लगानी नै गरेको छैन् । यसैगरी वाणिज्य बैंकको मुद्दती निक्षेपमा नेपाल पुनर्बीमाको १४ अर्ब ९३ करोड २५ लाख र हिमालयनको १३ अर्ब ८६ करोड १० लाख गरी कुल २८ अर्ब ३९ करोड ३६ अर्ब बढी लगानी भएको छ । 

यसैगरी, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा नेपाल पुनर्बीमाले २ अर्ब ४ करोड लगानी गरेको छ । यस क्षेत्रमा हिमालयन रिले लगानी गरेको छैन। सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा नेपाल पुनर्बीमाले ५८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ भने हिमालयन रिले ४० करोड ७२ लाख रुपैयाँ लगानी गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा नेपाल पुनर्बीमाको १ अर्ब ९० करोड ३२ लाख र हिमालयन रिको १ अर्ब १७ करोड ७७ लाख रुपैयाँ लगानी रहेको छ । 

नगरिक लगानी कोष र मिच्युअल फण्डमा नेपाल पुनर्बीमाको ५ करोड ९ लाख र हिमालयन रिको ४ करोड रुपैयाँ लगानी रहेको छ । अन्य संस्थापक शेयरमा नेपाल पुनर्बीमाको १० करोड २६ लाख र हिमालयनको २२ करोड ९७ लाख लगानी रहेको प्राधिकरणले जनाएको छ । 

सूचिकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीमा हिमालयन रिले कुनै लगानी गरेको छैन् । जसमा नेपाल पुनर्बीमाले भने ५० करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved