दाबी भुक्तानीका लागि कागजात पेश गर्न नेशनल इन्स्योरेन्सको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 11:34:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल इन्स्योरेन्सले बीमितलाई दाबी रकम लिनको लागि आवश्यक कागजात बुझाउन अनुरोध गरेको छ । कम्पनीले मंगलबार एक सुचना जारी गर्दै दाबीको जानकारी गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु बुझाउन भनेको हो ।

कम्पनीबाट बारम्बार ताकेता गर्दा पनि नबुझाइएका कागजातहरु २५ दिन भित्र बुझाउन कम्पनीले अनुरोध गरेको छ । कम्पनीका अनुसार आफूले बीमा गरेको शाखा कार्यालयहरुमा सम्पर्क राखि, बुझाउन बाँकि रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गराउन सकिने छ ।

तोकिएको समय सम्म पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा दाबी फाईल बन्द भई तामेलीमा कम्पनीले स्पष्ट पारेको छ । बीमा गरिएका शाखा कार्यालयहरुको सम्पर्क नम्बर कम्पनीको website: www.nicnepal.com.np बाट प्राप्त गर्न सकिने जनाइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved