स्थानीय पुनर्बीमा ब्रोकरलाई विदेशमा पैसा पठाउन समस्या, विदेशीको भरपर्दा खोज्छन् भाग

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Mar 05, 2024 | 01:51:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्पष्ट कानुनी व्यवस्था नहुँदा नेपालमा रहेका स्थानीय पुनर्बीमा दलाल (रिईन्स्योरेन्स ब्रोकर)हरुलाई पुनर्बीमा बापतको रकम विदेश पठाउन समस्या भएको छ।   पुनर्बीमा वापतको रकम बीमक तथा पुनर्बीमकले विदेश पठाउन पाउने प्रावधान भएपनि स्थानीय ब्रोकरहरुले भने पठाउने सम्बन्धमा कुनै कानुन नहुँदा उनीहरु समस्यामा परेका हुन् । 

नेपालका बीमक कम्पनीहरुले राष्ट्र बैंकको नियम अनुसार  पुनर्बीमा वापतको रकम विदेश पठाउन पाउँछन् ।   विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र २०८० अनुसार बीमक कम्पनीले पुनर्बीमा वापतको रकम विदेश पठाउन पाउने उल्लेख छ । सो परिपत्रमा बीमक कम्पनीले यस्तो रकम विदेशमा पठाउन पाउने व्यवस्था भएपनि पुनर्बीमाको बारेमा त्यसमा परिकल्पनानै गरिएको छैन। 


परिपत्रमा गरिएको व्यवस्था


स्थानिय पुनर्बीमा दलालले विदेशमा बीमक कम्पनीसरह रकम पठाउन माथिको उक्त व्यवस्थालाई संशोधन गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ । जसका लागि प्राधिकरणले राष्ट्र बैंकसँग समन्वय गरि आवश्यक पहल गर्नुपर्ने हुन्छ।  राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोख्रेलले  प्राधिकरणले आवश्यक पहल गरेको खण्डमा जायज विषयहरुलाई परिपत्र संशोधन गरेर सम्बोधन गर्न सकिने बिजपाटीलाई जानकारी दिए । अप्ठेरो परेका जायज विषय सम्बोधन हुने गरि एकिकृत निर्देशन प्रक्रिया पुर्याएर संशोधन गर्न सकिने उनको भनाई थियो।

यता प्राधिकरणले पनि त्यसकालागि आवश्यक पहल गरिरहेको जनाएको छ ।  प्राधिकरणका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसको लागि पहल भईरहेको तथा यसबारे राष्ट्र बैंकसँग पनि छलफल भइरहेको बताए ।  

 स्थानीय पुनर्बीमा दलालहरुले सो व्यवस्था नहुँदा विदेश पुनर्बीमा दलालसँग समन्वय गरेर रकम पठाईरहेको जनाएका छन् । त्यसो गर्दा आफुले गरेको ब्यापार पनि केहि हिस्सा विदेशी दलाललाई दिनुपर्ने अवस्था आएको ए वान रिईन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत नरेश श्रेष्ट बताउँछन् । यस्तै उनले स्थानीय दलालले सो व्यवस्था नपाउँदा व्यपार विस्तारमा नै समस्य आएको उल्लेख गरे ।

हाल नेपालमा १५ वटा स्थानीय पुनर्बीमा दलाल कम्पनीहरु र ३५ वटा विदेशी पुनर्बीमा दलाल कम्पनीहरु नेपाल बीमा प्राधिकरणमा सुचिकृत भई संचालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved