लघु बीमाको लगानी ३ अर्ब नजिक, कुन कम्पनीको कुन क्षेत्रमा कति लगानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 05:25:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ६ महिनासम्म लघु बीमा व्यवसाय गर्ने बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा ६ वटा लघु बीमाले २ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ लगानी गरेका हुन् । 

हाल नेपालमा कारोबार सुरु गरेका ३ जीवन र ३ निर्जीवन गरी ६ लघु बीमा कम्पनीले गरेको उक्त लगानी करिब सबै मुद्दती निक्षेपमा लगानी भएको छ । लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीले १ अर्ब ४९ करोड ७२ लाख लगानी गरेका छन् । सो लगानी शतप्रतिशत वाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा भएको छ । 

यता निर्जीव लघु बीमाले हलसम्म गरेको लगानी १ अर्ब ४१ करोड ७० लाख पुगेको छ । सो लगानी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा गएको छ । कुलमध्ये ६६.३३ प्रतिशत वाणिज्य बैंकको मुद्दती निक्षेपमा जम्मा भएको छ । बाँकी रक विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी भएको छ । 

कुन कम्पनीको कुन क्षेत्रमा लगानी ?

जीवन लघु बीमा कम्पनी सबैले वाणिज्य बैंकको मुद्दती निक्षेपमा लागानी गरेका छन् । जहाँ गार्डियन माईक्रोले ५० कारोड १० लाख, क्रेष्ट माईक्रोले ५० करोड ६२ लाख र लिबर्टी माईक्रोले ४९ करोड रुपैयाँ लगानी गरेका छन् । 

निर्जीवन लघु बीमा कम्पनीमध्ये नेपाल माईक्रोले ४६ करोड ७५ लाख वाणिज्य बैंकको मुद्दतीमा, ४५ लाख विकास बैंकको मुद्दतीमा र २५ लाख फाईनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गरेको छ । प्रोटेक्टीभ माईक्रोले ४७ करोड २५ लाख वाणिज्य बैंकको मुद्दतीमा र १० लाख विकास बैंकको मुद्दतीमा लगानी गरेको छ । 

यस्तै, स्टार माईक्रोले ४६ करोड ७५ लाख वाणिज्य बैंकको मुद्दतीमा र १५ लाख विकास बैंकको मुद्दतीमा लगानी गरेको छ । 

लघु जीवन बीमाले लगानी गर्न पाउने क्षेत्रः

१) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र 

२) नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त “क” वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेप

३) नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेप

४)  नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त “ग” वर्गको बैँक तथा वित्तीय सस्थामा राखिएको मुद्दती निक्षेप

५)  नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने), बन्ड, डिवेन्चर र ऋणपत्र

६)  नेपाल धितोपत्र बोर्डबाट इजाज पत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र

७) नेपाल धितोपत्र बोर्डबाट इजाज पत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर

८) नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु

लघु निर्जीवन बीमाले लगानी गर्न पाउने क्षेत्रः

१) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र

२) नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्रप्त “क” वर्गको बैंक तथा पुर्वाधार विकास बैंको मुद्दती निक्षेप

३) नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेप

४) नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दती निक्षेप

५) नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तिय संथाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्र

६) नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र

७) नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर 

८) नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved