एभरेष्ट बैंकको वीरगञ्ज शाखा तथा प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 01:52:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको छ । आइतबार आयोजित  एक कार्यक्रमका बीच वीरगंज महानगरपालिका १०, आदर्शनगरस्थित उक्त कम्पनीले आफ्नो वीरगञ्ज शाखा तथा प्रादेशिक कार्यालय सोही नगरको वडा नं ४मा नव निर्मित भवनमा स्थानान्तरण गर्दै बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको हो । 

सो अवसरमा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा बाल गोपाल वैद्यलगायतको उपस्थिति थियो । 

कार्यक्रममा कम्पनीको मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उपे्रतीले नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।  

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको उक्त कम्पनीमा हालसम्म करिब १४ लाख ग्राहकहरु रहेका छन् । त्यस्तै कम्पनीले देशैभरी छरिएर रहेको १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । 

यसका साथ  कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved