यी हुन् सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका १७ ठूला शेयरधनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 08:40:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्समा १ प्रतिशत वा सोभन्दा बढी शेयर लगानी गर्ने लगानीकर्ताको संख्या १७ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण अनुसार १७ ठूला लगानीकर्ता मध्ये १५ जना व्यक्तिगत र २ वटा संस्थागत लगानीकर्ता रहेका छन्। 

कम्पनीमा सबैभन्दा धेरै शेयर स्वामित्व सिद्धार्थ बैंकको रहेको छ । बैंकको कम्पनीमा ७.५४ प्रतिशत शेयर हिस्सा रहेको छ । यसैगरी, राम लाल श्रेष्ठको ६.१६प्रतिशत  , बाल कृष्ण श्रेष्ठको ३.५४ प्रतिशत , सुरेश लाल श्रेष्ठको ३.२७ प्रतिशत , दिनेश लाल श्रेष्ठको ३.२२ प्रतिशत , कमल कुमार बेगनीको ३.१८ प्रतिशत , प्रभु कृष्ण श्रेष्ठको ३.१४ प्रतिशत  र श्याम बहादूर पाण्डेको २.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

त्यसैगरी, आरएसआर होल्डीङ्सको २.४५ प्रतिशत , पवन कुमार अग्रवालको २.३० प्रतिशत , राहुल अग्रवालको १.७० प्रतिशत , पवन कुमार अग्रवालको १.६५ प्रतिशत , अमिर श्रेष्ठको १.४८ प्रतिशत , पवन अग्रवालको १.४० प्रतिशत , सुवोध तोडीको १.०७ प्रतिशत , भरत कुमार तोडीको १.०६ प्रतिशत  र विजय कृष्ण श्रेष्ठको १.०४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved