यूनाइटेड अजोडले अभिकर्ता तालिम सञ्चालन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 08:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले ३ दिनसम्म कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको हो । 

कम्पनीले न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पती विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक तालिम प्राप्त गरी उत्तीर्ण भएका व्यक्ति वा संस्थाका प्रतिनिहरुलाई अभिकर्ता इजाजत पत्रका लागि परीक्षामा सहभागी गराउने जनाइएको छ ।

कम्पनीले तालिम फागुन २७ गतेदेखि २९ गतेसम्म संचालन गर्नेछ । उक्त तालिम बिहान ९ बजेदेखि ५ बजेसम्म साँफेबगर, अछाममा संचालन गर्ने जनाएको छ । त्यस्तै, अभिकर्ता परीक्षा लिखित परीक्षा फागुन २९ गते संचालन गरिने जनाएको छ । 

तालिममा सहभागि हुनका लागि ईच्छुकले आवश्यक कागजातसहित फागुन २६ गतेभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved