निर्माण व्यवसायीहरुले कसरी पाउन सक्छन् क्षति बराबर कै बीमा दाबी भुक्तानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 01:13:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नरेश श्रेष्ठ

कुनैपनि निर्माणाधिन आयोजनाको लागि Contractor ले बीमा कम्पनीबाट “ ठेकेदारको सम्पूर्ण जोखिम बीमा” (CAR Policy) खरिद गरेको हुन्छ । एउटै बीमालेखले ठेक्का सम्झौता अवधि भित्र भएका क्षतिलाई कभर गर्दछ । केहि वर्ष पहिला CAR Policy को बीमादर नन्टेरिफ थियो । हाल नेपाल बीमा प्राधिकरणले CAR Policy लाई पनि टेरिफको दायरामा ल्याईसकेको छ जसले गर्दा ठेकेदार जोखिम बीममा बीमाशुल्कका साथै दावि पर्दा अनिवार्य ब्यहोर्ने अधिक्तम रकम पनि तोकिदिएको छ । तैपनि ठेकेदारले दैवि विपत्तिको बेला क्षति बमोजिमको बीमा दाबी पाउन सकिरहेका छैनन् ।

क्षति बमोजिको दाबी नपाउनुमा पक्कैपनि कतै न कतै कमजोरी छ । निर्माण व्यावसायीले दुई/चार कुरामा ध्यान दिन सकेमा बीमा कम्पनीहरु क्षति बराबर दाबी दिन बाध्य हुन्छन् । किनकी प्रक्रिया पुगेको दाबीलाई कम्पनीले नकार्न सक्दैन । यदि त्यसो गरेमा नियामक निकाय अथवा नेपाल बीमा प्राधिकरणले कारवाही गर्छ । त्यसकारण, कुनैपनि आयोजनाको लागि बीमालेख खरिद गरेर मात्र हुँदैन त्यसको औपचारिकताहरु पुरा गर्नुपर्छ । निर्माणाधिन आयोजनामा कुनै कारणवश् क्षति भएमा सो बराबरको बीमा दाबी पाउनको बीमालेख लिंदा र निर्माण कार्य भईरहंदा ख्याल गर्नुपर्ने कुराहरु के हो त ?

कुनैपनि स्थानमा संरचना निर्माण गर्नु पूर्व त्यस स्थानमा भविष्यमा हुन सक्ने जोखिमहरुको बारेमा अध्ययन गर्नुपर्दछ जसलाई Risk Survey & Inspection भनिन्छ । यसको प्रतिवेदन बीमा कम्पनीमा बुझाउनु पर्छ । त्यस्तो प्रतिवेदनलाई नेपालका मात्र होईन अन्तराष्ट्रिय बीमा तथा पुनर्बीमा कम्पनीहरुले मान्यता प्रदान गर्दछ । उक्त प्रतिवेदनको आधारमा बीमा कम्पनीले बीमालेख उपलब्ध गराउनुपूर्व भविष्यमा आउन सक्ने क्षतिको रोकथाम अथवा निर्मूलको उपाय सहितको सुझाव दिन सक्छ साथै सम्भावित जोखिमलाई मध्यनजर गरि केहि थप बीमाशुल्क लगाउन पनि सक्छ । यसरी बीमा गर्दा कुनैपनि बीमा तथा पूनर्विमा कम्पनीले बीमा दाबीलाई नकार्न सक्दैन ।

आयोजना भईरहेको अवस्थामा जति कार्य सकियो त्यसको फोटो/भिडियो सहितको रिपोर्टिङ्ग बीमा कम्पनीलाई गर्नुपर्छ । यसो गर्दा आयोजनामा कति कार्य भईसक्यो भन्ने जानकारी बीमा कम्पनीले प्राप्त गर्दछ र क्षति भएमा दाबी फछ्र्यौटको लागि बलियो आधार हुन्छ ।

आयोजनामा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ तथा निर्माण सामाग्रीहरुको लगबुक दुरुस्ट राख्नुपर्दछ । कति खरिद भयो कति खर्च भयो र कति स्टक बाँकि छ त्यसको लगबुक राखियो भने कुनै कारणवश् कच्चा पदार्थ अथवा निर्माण सामाग्री क्षति भएमा बीमा कम्पनीले लगबुकलाई आधार मानि क्षतिपूर्ति प्रदान गर्दछ ।

कुनै पनि CAR Policy खरिद गर्दा बीमा कम्पनिहरुले बीमालेखमा शर्त तथा बन्देजहरु लगाएको हुन्छ । ति शर्त तथा बन्देजहरुको पूर्ण पालना गर्नु पर्छ । जस्तै: Monsoon Clause, Raw material storage clause ईत्यादि । शर्त तथा बन्देजहरुको पूर्ण पालना भएन भने बीमा कम्पनीले क्षतिपूर्ति दिँदैन ।

बीमालेख खरिद गर्दा हामी प्रिमियम जोगाउनमा मात्र ध्यान पुऱ्याउने गर्दछौं । बीमालेख लिंदा सानो रकम जोगाउँन खोज्दा दाबी पर्दा ठूलो रकम हाम्रो हात बाट जान सक्छ । त्यसैले बीमाशुल्क कम गर्नतिर जोड दिनु हुँदैन ।

यति सामान्य कुराहरुमा ध्यान पुयाउन सकेमा निर्माण व्यावसायीहरु आफुले ठेक्का लिएको आयोजनामा भएको क्षति बरावरको दाबी प्राप्त गर्न सफल हुन्छ ।

नरेश श्रेष्ठ एवान रिईन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन्  ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved