विदेश जाने श्रमिकबाट बीमा कम्पीले संकलन गरे १ अर्ब ७१ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 06:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रोजगारीका लागी विदेश जाने नेपाली श्रमीकबाट बीमा कम्पनीहरुले ७ महिनामा पौने २ अर्ब बीमा शुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको ७ महिनामा विदेश जाने नेपाली श्रमिकबाट बीमा कम्पनीहरुले १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

जीवन बीमा व्यवसाय गर्ने कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत यो शुल्क संकलन गरेका हुन् । वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत बीमाशुल्क संकलन गर्ने अग्रस्थानमा सन नेपाल लाईफ इन्स्योरेन्स रहेको छ । सन नपालले पछिल्लो ७ महिनामा ४३ करोड २४ लाख रुपैयाँ बढी बीमाशुल्क वैदेशिक रोजगार म्यादी बीमाबाट संकलन गरेको छ । 

त्यसैगरी, नेपाल लईफ इन्स्योरेन्सले ३७ करोड ६७ लाख, आईएमई लाईफले १९ करोड ३५ लाख, एशियन लाईफले १५ करोड ३१ लाख, नेशनल लाईफले १५ करोड १० लाख, सूर्यज्योति लाईफले ११ करोड ९३ लाख, सानिमा रिलायन्स लाईफले ११ करोड ७१ लाख, रिलायबल नेपाल लाईफले १० करोड ३८ लाख, सिटिजन लाईफले ६ करोड ८१ लाख र प्रभु महालक्ष्मी लाईफले १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

हाल १४ जीवन बीमा कम्पनीमध्ये १० वटाले मात्र यस प्रकारको बीमालेख जारी गर्दै आएका छन् । मेट लाईफ, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, राष्ट्रिय जीवन बीमा कम्पनी र हिमालयन लाईफले भने वैदेशिक रोजगार म्यादी बीमालेख विक्री गरेका छैनन् ।

ममघ मसान्तसम्म वैदेशिक रोजगार अन्तर्गत जारी भएको बीमालेखमध्ये १९ लाख ६५ हजार ७६४ वटा बीमालेख सक्रिय रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

माघ महिनामा मात्रै ६१ हजार ९७९ वटा बीमालेख जारी भएको छ । जसबाट २६ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved