पुनर्बीमा कम्पनीको सीईओका लागि ७ जनाले दिए आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 10:08:28 AM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदको लागि ७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा बीमा कम्पनीका पुर्व सीईओ देखि डेपुटी सीईओहरु रहेका छन् । 

कम्पनीले फागुन ७ गते आवेदन माग गर्दै सूचना जारी गरेको थियो । फागुन २७ गते अर्थात आइतबार आवेदन दिने अन्तिम दिन थियो । कम्पनीका अनुसार फागुन २७ गते साँझ ५ बजेसम्म ७ जनाले आवेदन दिएका हुन् । 

आवेदन दिनेमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, शेखर बराल, उज्ज्वलराज अर्याल, श्रीमान कार्की, सुरेन्द्र थापा र बुद्धकाजी श्रेष्ठ रहेका छन् । भण्डारी हाल सो कम्पनीका डेपुटी सीईओ तथा निमित्त सीईओ हुन् । 

त्यसैगरी, भट्टराई साबिक गुँरास लाइफ इन्स्योरेन्सका पूर्वसीईओ हुन भने बराल राष्ट्रिय बीमा कम्पनीका पूर्वसीईओ । यस्तै, अर्याल  नेपाल पुनर्बीमा कम्पनीका पूर्वकर्मचारी हुन् भने कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक एवं सिटिजन लाइफ इन्स्योरेन्सका पूर्वस्वतन्त्र सञ्चालक हुन्। उनले केहि साता अघि मात्र सिटिजन लाईफको सञ्चालकबाट राजिनामा दिएका थिए । 

यसैगरी, थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् भने श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्व सञ्चालक हुन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved