यी क्षेत्रमा लगनी गर्नुपूर्व बीमा कम्पनीले प्राधिकरणमा थप यी विवरण पेश गर्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 12:43:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले लगानी गर्नुपुर्व थप विभिन्न विवरणहरु पेश गर्न भनेको छ । बीमकको लगानी निर्देशन १.१० बमोजिम लगानी गर्ने क्षेत्रमा लगानी गर्नुपुर्व विभिन्न विवरण पेश गर्न प्राधिकरणले कम्पनीहरुलाई जानकारी गराएको छहो । 

प्राधिकरणको विज्ञप्ती अनुसार पर्यटन तथा वायुसेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका लागि लगानी गर्नुपुर्व पेश गर्नुपर्ने विवरणहरु 

१. पहिले नै सञ्चालनमा रहेको संस्थामा लगानी गरेको खण्डमा Du Diligence गरी सो को प्रतिवेदन पेश गर्नुपर्ने ।
२. आफैले संस्थापन गरेको खण्डमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश
गर्नुपर्ने ।

कृषि क्षेत्रमा लगानी गर्नुपूर्व पेश गर्नुपर्ने विवरण
१. Due Diligence प्रतिवेदन पेश गर्नुपर्ने ।

केवलकार क्षेत्रका लागि लगानी गर्नुपुर्व पेश गर्नुपर्ने विवरणहरु

१. कम्तिमा दश वर्षको व्यवसायिक परियोजना पेश गर्नुपर्ने ।

घरजग्गा व्यवसाय क्षेत्रका लागि लगानी गर्नुपुर्व पेश गर्नुपर्ने विवरणहरु 
 १. सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने ।

प्राधिकरणका अनुसार उक्त उल्लेखित विवरण जीवन, निर्जीवन, पूवर्बीमक र लघुबीमकले पेश गर्नुपर्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved