आठ महिनामा वैदेशिक रोजगारको म्यादी बीमाबाट २ अर्ब संकलन, सन नेपाल शिर्ष स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 06:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट करिब २ अर्ब रुपैयाँ बीमालेख संकलन गर्न सफल  भएका छ। बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको विवरणमा यस्तो उल्लेख गरिएको हो।  

प्राधिकरणकाअनुसार यस आठ महिनामा  १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन।   जसमा सबैभन्दा बढी बीमालेख संकलन गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। सन् नेपालले पछिल्लो ८ महिनाको अवधिमा ४९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।  

धेरै संकलन गर्नेमा दोस्रो नम्बरमा रहेको नेपाल लाइफले ४३ करोड ५३ लाख रुपैयाँ,  तेस्रोमा रहेको आइएमई लाइफले २२ करोड ६४ लाख रुपैयाँ, चौथोमा रहेको एसियन लाइफले १८ करोड ८५ लाख रुपैयाँ, पाँचौंमा रहेको नेशनल लाइफले १७ करोड ५१ लाख

रुपैयाँ, छैटौंमा रहेको सूर्यज्योति लाइफले १४ करोड २४ लाख रुपैयाँ, सातौंमा रहेको सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख रुपैयाँ र आठौंमा रहेको रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख रुपैयाँ,  नवौं स्थानको सिटिजन लाइफले ७ करोड ४४ लाख रुपैयाँ र अन्तिममा रहेको प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन  गरेका छन् ।

देश र उमेरअनुसार म्यादी बीमाको रकम फरक–फरक तिर्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहि खाडीका देश र मलेसिया जाने कामदारहरूले म्यादी बीमावापत १ हजार ५ सयदेखि ४ हजारसम्मको म्यादी बीमा गर्नुपर्ने कानुनी व्यवस्था छ । यस्तै कोरिया र इजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ । 

बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको जारी भएपनि खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृतिभन्दा १ वर्ष बढी अवधिको म्यादी बीमा गराउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved