
नेपाल माईक्रो ईन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल समक्ष मंगलबार शपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत म्रिगेन्द्र नाथ रिजालको पनि उपस्थिति रहको थियो ।
फागुन २१ गते भएको कम्पनीको वार्षिक साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका थिए ।