प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी अध्यक्ष अग्रवालले लिईन् सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 06:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवालले पद तथा गोपनियताको शपथ लिएकी छिन्। उनले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएकी हुन्।

 शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोक्का तथा कम्पनी सचिव राजेन्द्र प्रसाद पाठक लगायतको उपस्थिति रहेको थियो । 

गत फागुन २७ गते  धनगढीमा सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट चयन भएका सञ्चालकहरुको सञ्चालक समितिको  चैत्र ७ गते बसेको बैठकले अग्रवालाई सर्वसम्मत रुपमा कम्पनीको अध्यक्षमा चयन गरेको थियो। 

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गममा बसोबास गर्ने र न्यून आय भएका तथा पिछडिएका क्षेत्रका ब्यक्तिहरुको बीमामा पहुच वृद्धि गर्ने कार्यमा जोड दिन कम्पनीका अध्यक्ष लगायतलाई निर्देशन दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved