नेपाल पुनर्बीमा कम्पनीले पेश गर्यो पुँजी वृद्धिको प्रारम्भिक योजना, बोनसपछि हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 06:55:33 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले नेपाल बीमा प्राधिकरण र अर्थ मन्त्रालयमा पुँजी वृद्धि योजनाको प्रारम्भिक खाका पेश गरेको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको पुँजी २० अर्ब तय गरेर पुँजी वृद्धि योजना पेश गर्ने निर्देशन दिएसंगै कम्पनीले प्रारम्भिक खाका पेश गरेको हो ।

स्रोतका अनुसार नेपाल पुनर्बीमा कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर वितरण गर्ने र बाँकी अपुग रकम हकप्रद ल्याएर २० अर्ब पुँजी पुर्याउने योजना प्राधिकरणमा पेश गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट बोनस वितरण गर्ने र त्यसपछि अपुग पुँजी हकप्रद जारी गर्ने प्रारम्भिक योजना कम्पनीले पेश गरेको स्रोतको भनाई छ। 

प्राधिकरणले गत माघ १७ गते पुनर्बीमाको चुक्ता पुँजी २० अर्ब कायम गर्ने निर्णय गरेको थियो । सँगै प्राधिकरणले १५ दिन भित्र पुँजी वृद्धिको योजना पेश गर्न पुनर्बीमकहरुलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार हिमालयन रिईन्स्योरेन्सले प्राधिकरणमा योजना पेश गरे पनि नेपाल पुनर्बीमाले भने योजना पेश गर्न सकेको थिएन । 

नेपाल पुनर्बीमा भने सरकारको स्वामित्वको कम्पनी भएकाले मन्त्रालयको निर्णय अनुसार पुँजी वृद्धि हुने भन्दै योजना पेश गर्न सकेको थिएन । कम्पनी कै आग्रहमा प्राधिकरणले पुँजी वृद्धि योजना पेश गर्न थप समय दिएको थियो। 

थपिएको समयमा कम्पनीले मन्त्रालयमा र प्राधिकरणमा प्रारम्भिक खाका पेश गरेको हो । कम्पनीले बुझाएको सोहि योजनालाई लागु गर्ने या नगर्ने भन्ने विषय भने मन्त्रालयको हातमा छ । सोहि अनुसार मन्त्रालयमा उक्त विषयमा छलफल भइरहेको बताईन्छ। 

उसो त नेपाल पुनर्बीमा कम्पनीले पहिला देखि नै चुँक्ता पुँजी बढाउदै लैजाने नीति अघि सारेको थियो । कम्पनीका अध्यक्ष समेत रहेका मन्त्रालयका सहसचिव ईश्वरी अर्याल नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्दै जाने नीति अनुसार अघि बढेको बताउछन् । उनले प्राधिकरणले निर्देशन दिनुअघि नै कम्पनीले २० अर्ब पुर्याउने नीति लिएको बताए । उनका अनुसार कम्पनीले आगामी ३ वर्ष भित्र २० अर्ब पुँजी पुर्याउने गरि अघि बढिरहेको थियो । सोहि अनुसार नै यस अघि पनि नगद लाभांश भन्दा बोनस शेयरलाई नै जोड दिएको उनको भनाई छ ।

पुनर्बीमा कम्पनीको हाल १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ४०० रपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved