
सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को अध्यक्षमा मनोहर दास मुल दोहोरिएका छन्। मंगलबार बसेको सञ्चालक समितिको बैठकले मुललाई अध्यक्षमा चयन गरेको हो ।
मंगलबार कम्पनीको वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका थिए। बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्बसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका थिए।
सो सञ्चालक समितिको मंगलबार नै बसेको बैठकले मुललाई अध्यक्षमा चयन गरेको हो ।