सूर्यज्योतिले देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर मनायो आफ्नो १६औँ वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 01:25:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर १६ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार देशभरिका सबै शाखामा केक काटेर कम्पनीले १६ औं वार्षिकोत्सव मनाएको जनाएको छ ।

१५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सूरु गरेको थियो।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्ष देखि निरन्तर सफलता प्राप्त गर्न साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूका साथै अटुट सम्बन्ध राख्नुहुने आदरणीय ग्राहकवर्ग, अविरल साथ दिनुहुने अभिकर्तीहरु, अहोरात्र खट्नु हुने कर्मचारीहरु, हौसला प्रदान गर्नुहुने शेयरधनी महानुभावहरू, सदैव सत्मार्ग देखाउनुहुने संचालक समिति, मार्गनिर्देश गर्नुहुने आदरणीय नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायत सम्पूर्ण संचारकर्मीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जाहेर गरे ।

साथै यहि अवसरमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिने सम्पुर्ण सरोकारवालाहरु तथा नियमनकारी निकायहरू प्रति कृतज्ञता ज्ञापन गरे ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको र सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ । नेपालको एकमात्र तथा पहिलो ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी रु ४ अर्ब ५४ करोड, जीवन बीमाकोष रु ३२ अर्ब, कुल लगानी रु ३७ अर्ब ५० करोड रहेको छ भने नेटवर्थ रु ७ अर्ब ५६ करोड रहेको छ ।

कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ भने हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved