जीवन बीमा कम्पनीहरुले ९ महिनामा १ खर्ब बढीको व्यपार गरका छन् । चालु आवको चैत मसान्तसम्म १४ वटा जीवन बीमकले कुल १ खर्ब १० अर्ब बढीको व्यपार गरेका हुन् ।
चैतको मसान्तसम्म २५ लाख ६ हजार ५८ वटा बीमालेख सक्रिय रहेको छ ।
पछिल्लो ९ महिनामा सबैभन्दा धेरै व्यपार गर्नेमा नेपाल लाईफ रहेको छ । नेपाल लाईफले चालु आवको चैत मसान्तसम्म २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ ।
बीमाशुल्क आर्जनमा नेशनल लाईफ र लाइफ ईन्स्योरेन्स कर्पोरेशन नेपालको कडा प्रतिस्पर्धा चलेको छ । नेशनल लाईफले १२ अर्ब ९० करोड बीमाशुल्क संकलन गर्दा एलआईसीले १२ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क संकनल गरेको छ । यसैगरी, हिमालयन लाईफले १२ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे ?