चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेको ३ लघु जीवन बीमकले चैत मसान्तसम्म ७ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
जसमध्ये सबैभन्दा बीमाशुल्क संकलन क्रेष्ट माईक्रो लाईफले गरेको छ । क्रेष्टले ४ करोड ८१ लाख रुपैयाँ संकलन गर्दा गार्डियन माईक्रो लाईफले २ करोड ४ लाख र लिवर्टी माईक्रो लाईफले १ करोड २ लाख रुपैयाँ संकलन गरेको छ । चैत मसान्तसम्म जीवन लघुबीमा तर्फ ३४ हजार १४ वटा बीमालेख सक्रिय रहेको छ ।
३ कम्पनीले चैत महिनमा ६ हजार ७६३ वटा पोलिसि विक्री गरेर १ करोड ९८ लाख ६४ हजार रुपैयाँ संकलन गरेका छन् । चैतमा क्रेष्टले ३ हजार ८६४ पोलिसि विक्रीबाट १ करोड २० लाख, गार्डियनले २ हजार ७० पोलिसि विक्रीबाट ४५ लाख र लिवर्टीले ८२९ पोलिसि विक्रीबाट ३२ लाख रुपैयाँ संकलन गरेको छ ।