पिपुल्स पावर लिमिटेडको वार्षिक साधारण सभाले निर्विरोध सञ्चाक समिति चयन गरेको छ । गत वैशाख १७ गते सम्पन्न कम्पनीको गत आर्थिक वर्ष २०७८/०७९ र २०७९/ ८० को छैटौं र सातौं वार्षिक साधारण सभाले गरेको निर्वाचनबाट अध्यक्षमा टंकराज अर्याल निर्विरोध चयन भएका छन् ।
यसैगरी, सोही निर्वाचनले संस्थापक शेयरधनीतर्फबाट सञ्चालकमा रामकाजी श्रेष्ठ,आरती अधिकारी, उद्वव भट्टलाई चयन गरेको छ । त्यस्तै सर्वसाधारण शेयरधनीतर्फ सञ्चालकमा श्रीकृष्ण अर्याल र उपेन पराजुली चयन भएका छन् ।उता स्वतन्त्र सञ्चालकमा भने निर्वाण शर्मा चयन भएका छन् ।
सो सभाले हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको आधारमा १ शेयर बराबर ०.५ का दरले (६३ लाख २६ हजार कित्ता शेयरको ५० प्रतिशत अर्थात् ३१ लख ६३ हजार कित्ता बराबर) हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवश्यक तयारी गर्न तथा सो सम्बन्धि सम्पूर्ण जिम्वेवारी एवं अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।