निर्जीवन लघु बीमकले संकलन गरे १५ करोड बीमाशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 06:16:16 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत मसान्तसम्म निर्जीवन लघु बीमकले  १५ कारोड रुपैयाँ बढीको व्यपार गरेका छन् । ४ वटा लघु निर्जीवन बीमा कम्पनीले यो अवधिमा १५ करोड ५३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् । 

जसमध्ये सबैभन्दा धेरै नेपाल  माईक्रो ईन्स्योरेन्सले ६ करोड ६२ लाख रुपैयाँ बीमाुशल्क संकलन गर्दा प्रोटेक्टिभ माईक्रोले ४ करोड ९८ लाख रुपैया र स्टार माईक्रोले ३ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

गत महिनाबाट मात्रै कारोबार सुरु गरेको ट्रस्ट माईक्रोले ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । 

हालसम्म नेपाल माईक्रोले ३३ हजार ७०४, प्रोटेक्टिभले १५ हजार ६२३, स्टारले १६ हजार ६८६ र ट्रस्टले २ हजार ७६६ वटा पोलिसि विक्री गरेका छन् । कम्पनीहरुले चैतमा मात्रै २३ हजार ४२१ वटा पोलिसि विक्री गरेर ५ करोड २० लाख रुपैयाँ संकलन गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved