कृषि उपजको आयात ५५ प्रतिशतले बढ्यो, उद्योगी भन्छन्, ‘कृषि विकासको नीति नै एनजीओले बनाए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 10:23:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कृषिजन्य उत्पादनको आयातमा ५५ प्रतिशतले बृद्धि भएको छ । कृषि विकासको ३० वर्षे नीति ( एग्रिकल्चर डेभलपमेन्ट स्टाटेजी–एडीएस) अनुसार सन् २०२० भित्रै अन्नमा आत्मनिर्भर भईसक्नुपर्ने भएपनि आयातको पारो भने दिनानुदिन उकालो लागिरहेको छ ।

पौष मसान्तसम्म करिब ४१.७७ अर्बको अन्न, २८.२७ अर्बको खाने तेल, १९.२२ अर्बको तरकारी आयात भएको छ । जबकी, गतवर्षको यो अवधिमा २६.९६ अर्बको अन्न, २६.१८ अर्बको खाने तेल र १६ अर्बको तरकारी आयात भएको थियो ।

विदेशी लगानी भित्र्याउने खेल

गतवर्षको यही अवधिको तुलनामा कृषि उपजको आयात ५५ प्रतिशतले बढ्दा पनि सरकारले कृषि क्षेत्रलाई आधारभूत संरक्षण दिनुको सट्टा बाह्य लगानी भित्र्याउने चलखेल सुरु गरेको भन्दै कृषि क्षेत्रका उद्यमीहरुले आपत्ति जनाएका छन् ।

‘आजको आवश्यकता भनेको, कृषिलाई आधारभुत सरंक्षण दिएर, उत्पादन बढाई, कृषिमा आत्मनिर्भर बन्नु हो’ कृषि क्षेत्रका लगानीकर्ताहरु भन्छन्, ‘तर नेपालको कृषि क्षेत्रलाई तहस नहस बनाउन, बिदेशी लगानी भित्र्याउने खेल सुरु भएको छ । यसका खेलाडीहरुलाई अनुसन्धान गरी कारबाही गर्नुपर्छ ।’

‘यो देश डुबाउने षड्यन्त्रकारीहरुको ठुलो चाल हो’ उद्योगी दिपक दाहाल भन्छन्, ‘कृषि विकासको ३० बर्षे  नीति एग्रिकल्चर डेभलपमेन्ट स्टाटेजी (एडीएस) नै एनजिओहरुले बनाए । यो दुर्भाग्य हो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved