नेपाली चियालाई भारतीयको अवरोध, नाकामै थन्किए १६ वटा ट्रक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 09:26:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चियाको निकासीलाई भातरले अवरोध गर्दा नेपालमा उत्पादित तयारी चिया बोकेका ट्रक भारतको पानीट्याङकी नाकामा थन्किएका छन् । नेपाली व्यवसायीहरुका अनुसार चियाको निकासीमा भारतले अवरोध गर्दा लोड भएका ट्रकहरु पानीट्याङकी नाकामा रोकिएका छन् । 

भारतले नेपालको चियाको गुणस्तरमा प्रश्न उठाउँदै निर्यातमा अवरोध गरेको छ । गुणस्तर परीक्षणका नाममा भारतीय पक्षको अवरोधका कारण नेपालबाट चिया बोकेर गएका ट्रक सीमा नाकामा थन्किएको व्यवसायीहरुले बताएका छन् । पानीट्याङकीमा चिया लोड भएका १६ वटा ट्रक बाटैमा र एउटा नेपालको मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा थन्किएको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।

सडकमै सामान लोड गरेको सवारी रोकिँदा चिया बिग्रिने खतरा बढेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । 

शुरुमा ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गर्दा चिया निर्यात गर्न पाइने प्रावधान भए पनि अहिले यसमा भारत सरकारले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेपछि नेपाली व्यवसायीहरु मर्कामा परेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved