'नेपालमै पहिलो पटक हर्टिकल्चर एक्स्पो हुँदैछ, नर्सरीका ४ वटा विधामा प्रतिस्पर्धा गराउँछौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 01:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा नेपालमै पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० हुँदै छ ।  काठमाडौंको भृकुटीमण्डपमा आगामी चैत १६ गतेदेखि १९ गतेसम्म एक्स्पो हुुने भएको हो।

आयोजकका अनुसार पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिन लागेको हो । मेलामा प्रवेश शुल्क १०० रुपैँया रहेको छ र विद्यार्थी र वृद्धाका लागि भने ५० रुपैँया तोकिएको छ । 

आयोजक नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि चार विधाका नर्सरीहरु प्रदर्शनीमा राखिने छन् । चार ओटा विधाको प्रतिपर्धा हुने भएकाले यसमा उन्नत जातका फल देखि फूल सम्मका नर्सरीहरु पाउन सकिन्छ । साथै, यो पटकको मेलामा हर्वलको धेरै चर्चा हुने सम्भावना देखिएको छ ।

उनका अनुसार कसैलाई बगैँचा सम्बन्धि जानकारी लिनु परेमा परामर्स केन्द्रहरु पनि राखिने छन् । मेलाको लागि ७४ ओटा स्टलहरु बुक भैसकेका छन् । मेला अवधि भरी ५० हजार अवलोकन कर्ताले मेला अवलोकन गर्ने अपेक्षा रहेको छ । 

ग्राहकले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफुँले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले यो मेला सञ्चालन आयोजकले जनाएको छ। 

हेर्नुस् नेपालमै पहिलो  पटक हुन लागेको नेशनल हर्टिकल्चर एक्स्पोबारे  नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमल्सिना सँग गरिएको कुराकानी ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved