नेपाल कम्युनिटीको संस्थापक सेयर पुन:लिलाममा, माघ १५ देखि जो कोहिले पनि आबेदन दिन सक्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 26, 2018 | 08:17:16 AM मा प्रकाशित

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रदमा अवितरित शेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले माघ १५ देखि माघ २६ सम्मका लागि ३ लाख ७० हजार २४३।१६ कित्ता सेयर लिलाम मार्फत पुन: बिक्रि गर्न लागेको हो।  

बैंकले असोज २६ देखि कात्तिक ९ सम्म १ बराबर १.२ अर्थात १२० प्रतिशतका दरले हकप्रद बिक्रि गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

इच्छुक बोलकबोल दाताले माघ १५ देखि बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स, लाजिम्पाट, काठमाडौं र नेपाल इन्भेष्टमेन्ट र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका तोकिएका शाखा कार्यालयमा माघ २६ सम्म आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्नेछ। 

बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम एनआईबिएल क्यापिटलको नाममा रहेको कुमारी बैंक, पुतलीसडक शाखामा रहेको खाता नम्बर 0124524616515017 मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन।   

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन। प्रत्येक व्यक्ति वा संघसंस्थाले फाइनान्सले लिलाममा राखेको संस्थापक शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन।  

हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ४८ करोड ४६ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी २२ करोड २ लाख छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३ करोड ६१ लाख खुद मुनाफा आर्जन गरेको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved