नेशनल हाइड्रोको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 03:34:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि हकप्रद बिक्री गरिरहेको छ । कम्पनीले  हाल कायम चुक्ता पूजीको ५० प्रतिशत (अर्थात १०:५ को अनुपातमा)   ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  

 कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् । लगानीकर्ताले साउन १८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।  हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

नेपाल धितोपत्र बोर्डले जेठ २२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको थियो । 

हेर्नुस् सूचना ;



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved