भदौ १३ देखि १३ लाख कित्ता शेयर लिलाम गर्दै नेशनल हाइड्रोपावर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 02:39:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको १३ लाख ३६ हजार ७ सय ४२ दशमलव ७१७८  कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, बिरगंज,नारायणगध, सुर्खेत, नेपालगंज , धनगढी र जनकपुरबाट आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ ।  सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

कम्पनीले १ कित्ता शेयर बराबर ०.५० कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने २७ हजार ९ सय ९१  शेयरधनीहरुलाई ६८ लाख ८४ हजार ७ सय १७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। यस हिसाबमा कम्पनीको बिक्री नभएको शेयर लिलाममा आएको हो । 

कम्पनीले असार २९ देखि साउन १८ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो । 

हेर्नुस् सूचना: 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved