८ महिनाभित्र बागमती नदी ढलमुक्त!

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 06:14:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती नदी ढल मुक्त हुने भएको छ । आर्थिक बर्ष २०७४ को अन्त्यसम्म बागमती नदी ढल मुक्त हुने भएको हो । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले बाग्मती नदीलाई स्वच्छ र सफा बनाउने काम गरिरहेको छ । 

नदीलाई स्वच्छ र सफा बनाउनका लागि समितिले घरबाट सिधै बाग्मती  मिसिने ढल रोक्नका लागि बागमती किनारमा करिडोरसँगै ढलको पाइपलाईन निर्माण गरिरहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका उप– आयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।

‘गोकर्णदेखि बल्खुसँग ढलको पाइपलाईन निर्माण भईसकेको छ, चालु आर्थिक बर्षभित्रमा सुन्दरी घाटसम्म ढलको पाइपलाईन विस्तार भईसक्ने छ,’ चित्रकारले भने ।

पाइपलाईन विस्तार भएका केहि ठाउँमा ढलबाट पानी चुहिरहेको छ । ढलको जोडाइहरुबाट पानी चुइएको हो । पाइपलाईन विस्तार र चुहावट नियन्त्रणको कामसँगै भईरहेको उनले बताए ।

बागमती खोलाको कुल लम्बाई २८ किलोमिटर छ । बागमतीमा २२ किलोमिटर ढलको पाइप विछ्याउने सकिएका उनी बताउँछन् ।‘आगामी आर्थिक बर्ष भित्रमा बागमती नदीको वहाव क्षेत्रमा ढल मिसिदैन, तर अन्य सहायक नदीमा मिसिने ढल नियन्त्रण नभएसम्म बागमतीमा 

स्वच्छ पानी बग्न सम्भव छैन्,’ चित्रकारले भने ।बागमती नदीका ७ वटा सहायक नदी छन् । ति नदीमा मिसिने ढललाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिए बागमतीमा स्वच्छ पानी बगाउन सकिन्छ । 

समितिले बागमतीको सहायक नदीमा पनि ढल मिसाउन नदिने गरि काम गरिरहेको छ । जस अन्तर्गत विष्णुमति र धोवीखोलमा करिडोरसँगै ढलका पाइपलाई हाल्ने कामलाई पनि अगाडि बढाएको छ । 

धोवीखोलामा नदी नियन्त्रण र कोरिडोर विस्तारको काम सकिसकेको छ । धोवीखोला दोभानदेखि गोपीकृष्णहलसम्मको १२ किलोमिटर ढलको पाइप विछ्याउने काम सकिसकेको छ । ढलको पाइप पुर्ण रुपमा विस्तार नभईसकेकाले घरबाट निस्किने ढल नदीमा मिसिन्न रोक्न नसकिएको चित्रकार बताउँछन् । यस्तै, विष्णूमति मुहानदेखि महादेव खोलाको दोभानको ६ किलोमिटरमा ढल विछ्याउने काम सकिसकेको समितिले जनाएको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved