नेपालबाट बैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या घटेपनि रेमिटेन्स भने बढेको छ । विदेशिने नेपालीको संख्या ४१ प्रतिशतले घटेपनि नेपाल भित्रिने रेमिटेन्स भने ३३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको भदौ मसान्तसम्ममा रेमिटेन्स अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३३.४ प्रतिशतले वृद्धि भई रु.१५४ अर्ब २० करोड पुगेको छ । जबकि गत बर्षको तुलनामा यस अवधिमा विदेशिने नेपालीको संख्या ४१ प्रतिशतले घटेको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३४.१ प्रतिशतले वृद्धि भई रु.१७५ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.३ प्रतिशतले बढेको थियो ।