होन्डा मेट्रो गठ्ठाघरले भक्तपुरमा रहेका सर्भिस सेन्टरहरुमा कार्यरत अटो मेकानिक्सहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आसन्न चाडपर्वलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा मेकानिक्सहरुलाई गुणस्तरको बारेमा जानकारी दिइयो।
कार्यक्रममा होन्डा पाटर्स डिभिजनका प्रमुख बिश्वराम खत्रीले जेन्युन पार्ट्स प्रयोगगर्दा हुनेफाइदा र होन्डाले सिफारिस गरेको मोबिलको गुणस्तरको बारेमा जानकारी दिएका थिए ।
त्यस्तै होन्डाको रिजिनल सेल्स मेनेजर दिलकुमार श्रेष्ठले होन्डा ब्राण्डका मोटरसाइकल र स्कुटी युरो ४ सरहको मापदण्डको आयात भैरहेकाले बाताबरणमैत्री रहेको बताए।
अटो मेकानिक्स संघका प्रमुख सल्लाहकार माधब पाण्डेको प्रमुख आतिथ्यतामा भएको यो कार्यक्रममा भक्तपुरमा रहेका १०० भन्दा बढी मेकानिक्सहरु सहभागी थिए।
कार्यक्रमका सभापति तथा होण्डा मेट्रो गठाघरका एमडी मिलन सिग्देलले अब ६–६ महिनामा स्याकार कम्पनीसँग मिलेर मेकानिक्स तालिमको ब्यबस्था मिलाउने जानकारी दिए।