जावाको नयाँ वर्ष अफर, बाइक किन्दा १५ हजारसम्म डिस्काउन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2022 | 05:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक अन्तर्गत जावा मोटरसाइकलले नयाँ वर्षको अफर ल्याएको छ । 

जावा मोटरसाइकलको फोर्टी–टु, जावा र पेराक सबै मोडलमा लागु हुने गरी न्यू ईयर स्किम ल्याएको हो । 

यो स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरुले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सक्नेछन् । 

यो अफरको लाभ जावा मोटरसाइकलको बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट सजिलै लिन सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved