नयाँ बर्षमा यामाहाको २० लाखसम्म जित्ने अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 06:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नयावर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले '२०७९ ह १००० गुणाले खुसी बढाउँनुहोस्' अफर सार्वजनिक गरेको छ । 

यस योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००.२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्। 

यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् ।  कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइट यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् । 

“ग्राहकहरूको सन्तुष्टि र  खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । आफ्ना ग्राहकलाई खुसी बनाउँन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशी बितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो” यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले भने ।

यस अफर चैत्र ०६ गतेबाट शुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved