राष्ट्र बैंकले गाडी आयात रोक्न निर्देशन दिएपछि अटो व्यवसायीहरुको आपतकालिन बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2022 | 12:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले बैंकहरुलाई गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि अटोमोबाइल्स व्यवसायीहरुको आपतकालिन बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर राष्ट्र बैंकले गाडी आयातका लागि एलसी नखोल्न र खोले नखोलेको रिपोर्ट दैनिक राष्ट्र बैंकमा बुझाउन निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्रमा तरङ्ग पैदा भएको छ । 

यस विषयमा आवश्यक निर्णय गर्न र कदम चाल्न आपतकालिन बैठक बोलाईएको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले जानकारी दिए । 

राष्ट्र बैंकको निर्देशनले अटोमोबाइल्स व्यवसायीहरु शोरुमहरु बन्द गरेर बस्नुपर्ने अवस्था आउने थापाको भनाई छ । अध्यक्ष थापाले राजश्वमा २५ प्रतिशत योगदान दिने क्षेत्रलाई अंकुश लगाईनु दुःखद भएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved